असोजसम्म थप एक कराेड दुई लाख डाेज खाेप आउँछ : राज्यमन्त्री श्रेष्ठ

 साउन १८, २०७८ सोमबार १६:२२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले पाँच करोड २३ लाख डोज खोप प्राप्त गर्ने सुनिश्चितता भएको बताएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सोमवार महामारी नियन्त्रणका लागि नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै पाँच करोड २३ लाख डोज खोप सुनिश्चित भएको जानकारी गराउनुभएको हो । 

उहाँले असोज मसान्तभित्रमा थप एक कराेड दुई लाख गरी दुई करोड डोज खोप आइसक्ने भन्दै आउँदो चैतसम्म १२ वर्षभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप नेपालमा प्राप्त भएको र ६२ लाख १८ हजारभन्दा धेरै मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा एक करोड ५० लाख र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख गरी तीन करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । 

यस्तै पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको एस्ट्राजेनेका खोप प्राप्त हुनासाथ तीन दिनभित्र वितरण गरिने उहाँले बताउनुभयो । यस्तै वयस्क तथा किशोर–किशोरीसमेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख, जोन्सन एन्ड जोन्सन खोप ५० लाख, फाइजर खोप ४० लाख र एस्ट्राजेनेका खोप २० लाख गरी एक करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु भइसकेको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । 

नीतिगत प्रतिबद्धता र कार्ययोजनामा जनस्वास्थ्यका मापदण्ड पालना गराउन सचेत गराउने, मास्क वितरण गर्ने, आईसीयू, एचडीयू, भेन्टिलेटर र अक्सिजनको व्यवस्था गर्ने लगायतका काम समेटिएका छन् ।    

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया