अफगानिस्तानमा सेना र तालिबानबीच भीषण युद्ध

 साउन १९, २०७८ मंगलबार १०:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् ।

सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्तानमा तालिबानको गतिविधि बढेको छ ।
 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया