पूजाकाे अर्धशतक, नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ४६ रनकाे...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - ग्लोबल आइएमई बैंक लिमिटेडले बुधवारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाण्डौ महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघर एवम् धादिङ जिल्ला, निलकण्ठ नगरपालिको धादिङबेँसीमा रहेकाे बीच बजारमा गरी एकैसाथ सात नयाँ ठाउँमा शाखा सञ्चालनमा ल्याएको हाे। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको सङ्ख्या २८० पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउण्टर, २५७ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २३ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
‘सबैका लागि बैंक’भन्ने नारालाई सार्थकता दिदैं बैंकले अझ एक कदम अघि सारेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।