जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप आइपुग्यो

 साउन २३, २०७८ शनिबार १०:२७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जापानले नेपाललाई दिने भनेको १६ लाख डोज एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाण्डौ आइपुगेको छ ।

कतार एयरवेजको विमानबाट बिहान खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो । १६ लाख डोज खोपमध्ये आज झण्डै ४ लाख आइपुगेको छ भने ४ लाख भोलि र बाँकी ८ लाख डोज खोप पनि यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ ।

हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ आइसकेको छ । कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान सुरु हुनेछ । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । 

उहाँकाअनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ । प्रदेश-१ र प्रदेश-२ मा केही दिन ढिला हुने भए पनि यो महिनाभित्र सुरु भइसक्ने पनि उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए । पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भनिए पनि भारतले सम्झौताअनुसार १० लाख डोज खोप नदिएपछि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित हुँदै आएका छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Niraula Ramesh

    Aug. 7, 2021, 2:27 p.m.

    अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार आपद बिपद परेको बेलामा एउटा असल छिमेकि रास्ट्रले अर्को रास्ट्रलाई सहयोग गर्नु अति राम्रो हो चाहे नगद , जिन्सी वा अन्य बस्तु स्वागत तथा बधाइ छ ।तर के हामी नेपाली सदैव निरीह र मागेरै बाच्नु पर्ने हो त? हाम्रो देशमा यत्रा प्राकृतिक जडिबुटी छन अनि यी सबै खेर गैइरहेका छन हामी किन यी जडिबुटीहरुको सहि तरिकाले प्रयोग गर्न सक्दैनौं ?हामिलाइ के ले बन्देज लगाएको छ कतै हाम्रै दिमाग त धमिलो भएको होइन?

  •  0 Reply

तपाईको प्रतिक्रिया