सप्तरीमा ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गयो

 साउन २४, २०७८ आइतबार १४:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ६ कठौनामा ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको ज्यान गएको हो ।  ना ४ ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गर्दा गिरीलाई ना ४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो ।

ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया