मेलम्चीमा नदीलाई पुरानै धारमा फर्काउने प्रयास

 साउन २५, २०७८ सोमबार ८:१९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बाढी पहिरोले क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्चीमा नदीलाई पुरानै धारमा फर्काउने प्रयास भइरहेको छ । यसका लागि चार वटा डोजर खटाइएको छ ।

जोखिमयुक्त बस्ती जोगाउन  प्राथमिकताका साथ तटबन्ध लगाउनेसहितका काम भइरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । गएको असार १ गते र गएको १६ गतेको बाढीले मेलम्चीमा मात्र एक सय ९७ घरमा क्षति पुगेको छ भने १२ सय ८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी भएको छ ।

बाढीका कारण विस्थापित भएका केही टेन्टमा बसिरहेका छन् भने केही सामुदायिक विद्यालयको भवनमा बसेका छन् । बाढी पहिरोका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो नोक्सानी भएको छ ।अहिलेसम्म बाढीपहिरोमा परेर २० जना हराइरहेका छन् भने पाँच जनाको ज्यान गएको थियो ।

बाढी पहिरोबाट एक हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । अझै पनि बाढी पहिरोको जोखिम रहेकाले प्रभावित क्षेत्रमा सतर्कता अपनाइएको छ । 
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया