अर्थमन्त्री शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गर्ने

 साउन २६, २०७८ मंगलबार १०:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - अर्थमन्त्री जनार्दन शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ ल्याउने हुनु भएको छ । 

अर्थमन्त्री शर्माले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा यथार्थ पत्र सार्वजनिक गर्ने उहाँको सचिवालयले जनाएको छ ।  

अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराउनु भएको थियो ।

सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ । 

त्यही अनुसार अर्थमन्त्रीले यथार्थ पत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गर्नु भएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया