खाेटाङमा धागो र प्लाष्टिक टाँसिएको बिस्कुट भेटियाे

 साउन २६, २०७८ मंगलबार १३:२९:४१ | दमन राई
unn.prixa.net

साङ्केतिक तस्बिर

खोटाङ - खोटाङमा धागो टाँसिएको डाइजेस्टिभ बिस्कुट भेटिएको छ । दिक्तेल बजारमा बच्चालाई खुवाउनका लागि किनिएको क्वालिटी फुड एण्ड स्न्याक्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड दुहवी सुनसरीले उत्पादन गरेको बिस्कुटमा बाेरा सिलाउन प्रयाेग हुने धागो टाँसिएको भेटिएको हो।

बिस्कुट उत्पादक कम्पनीले ‘उपभोक्ताहरुको सुरक्षा र स्वास्थ्यको लागि स्वच्छता, सुरक्षा र गुणस्तरीय मापदण्डको उच्चस्तरको बिस्कुट’ भनेर प्रचार गरे पनि भित्र लापरबाही गरेको उपभोक्ताले बताएका छन् ।

प्रतिवटा १५ रुपैयाँ पर्ने डाइजेस्टिभ बिस्कुटमा फाइवर, प्रोटिन र भिटामिन 'बी' पाइने उल्लेख छ । बिस्कुट उत्पादक कम्पनीले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको उपभोक्ताको भनाइ छ । 

साउन १८ गतेका दिन पत्रकार भीम राईले पनि पानामा प्लाष्टिक टाँसिएको डाइजेस्टिभ बिस्कुट फेला पार्नु भएकाे थियाे । ‘बिस्कुटभित्र पानामा प्लास्टिक मिसिएको छ,’ बिस्कुटको तस्बिर सार्वजनिक गर्दै पत्रकार राईले फेसबुकमा लेख्नु भएकाे छ, ‘पाँचौँ पटक यस्तो भेटिएको छ । अरु ठाउँ पनि कति होलान् ?’ 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया