कुलमान घिसिङ विद्युत् प्राधिकरणमा,  हितेन्द्रदेवलाई उर्जा आयोगमा लैजाने निर्णय

 साउन २७, २०७८ बुधबार १०:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको र आज पदबहाली गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा लैजाने निर्णय गरेको हो । प्राधिकरण स्रोतका अनुसार शाक्यले हिजो प्राधिकरणमा पुगेर अनौपचारिक रुपमा विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिनु भएको छ । 

प्राधिकरणको नेतृत्वमा रहेका बेला लोडसेडिङ अन्त्यसँगै विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हात पारेपछि कुलमानको लोकप्रियता बढेको थियो । त्यस्तै, प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा समेत उहाँले स्थापित गर्नु भएको थियो । २०७७ भदौमा चार वर्षे कार्यकाल सकेर कुलमान प्राधिकरणबाट बाहिरिनु भएको थियो । तर,  अहिले चुहावट नियन्त्रण गर्न नसकेको, व्यवसायीसँग डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन नसकेको भन्दै प्रश्न उठेपछि उर्जामन्त्री पम्फा भुसालले कुलमानलाई नै कार्यकारी निर्देशक बनाउने तयारी गर्नु भएको थियो ।

केही दिनअघि प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यले सरकारले उचित ढंगले अर्को जिम्मेवारी दिए स्वीकार गर्ने बताउनु भएको थियो । यसअघिको केपी शर्मा ओलीकै सरकारमाथि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा दोहाेर्‍याउनुपर्ने दबाब परे पनि उहाँलाई दोहाेर्‍याइएको थिएन । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया