झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिनुभएको छ । सरकारले साउन १९ गते सोधेको स्पष्टीकरणको जवाफ नदिनुभएका भट्टराईले आज बुधवार राजीनामा दिनुभएको हो ।
भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै साउन १९ गतेकाे मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा इमानदारिताका साथ काम नगरि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी दिएकाे आरोप लगाइएको थियाे ।
भट्टराईले राजीनामा पत्रमा वर्तमान सरकारले जनविरोधी काम गर्ने आरोप लगाउँदै आफू त्यस्ता कामको सहयात्री र मुकदर्शक नहुने बताउनुभएको छ ।
राजीनामा पत्रमा पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुण्ठित गर्ने ढङ्गले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उल्लेख छ ।
भट्टराईलाई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।