झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – लुम्बिनी प्रदेशको विषेश अधिवेशनका विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन आदेश गरेको हो ।
प्रदेश प्रमुख कांग्रेस र माओवादीको पक्षमा लागेर संविधान विपरीत हुने गरी प्रदेश सभाको विशेष अधिवेशन बोलाएको भन्दै एमालेका लुम्बिनी प्रदेश सभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।
रिटमा संविधानमा रहेको प्रावधान विपरीत विशेष अधिवेशन बोलाइएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न लागिएको भन्दै अन्तरिम आदेशको माग गरिएको थियो । तर सर्वोच्चले अन्तरिम आदेश नदिइ यसलाई संवैधानिक इजलासमा पठाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।