रामनारायण बिडारीकाे दाबी : एमसीसी संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छैन

‘ओली प्रधानमन्त्री हुँदा भारतले नेपालकाे जमिन उसकाे नक्सामा हाल्याे’

 साउन २७, २०७८ बुधबार १७:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले एमसीसी संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था नरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको आज बुधवारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद बिडारीले एमसीसीलाई संसदबाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको दाबी गर्नुभएको हो ।  

हिजाे मङ्गलवार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै एमसीसी के गर्नुहुन्छ ? भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिने क्रममा उहाँले एमसीसी संसदमा ल्याउनैपर्ने कारणबारे पूर्वप्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौती दिनुभयो । एमसीसीबारे सभामुखलाई अनावश्यक लाञ्छना लगाइएको पनि उहाँले बताउनुभयो । 

सांसद बिडारीले पूर्वप्रधानमन्त्री ओलीको कार्यकालमा भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै प्रधानमन्त्री ओलीसँग कुरा मिलाएर पो हो कि ! भन्ने प्रश्न तेर्स्याउनुभयो । उहाँले भन्नुभयो, ‘भारतले नेपालको भूमि कहिले उसको नक्सामा हाल्यो । याद गरिराखौँ, कहिले हाल्यो ? अहिलेसम्म हाल्न सकेको थिएन । जब ओली प्रधानमन्त्री हुनुभयाे, ट्याक्क भारतले नेपालको जमिन उसको नक्सामा हाल्यो । त्यतिमात्र हो र ? नेपालको भुइँमा सडक बनाएर भारतको मन्त्रीले उद्घाटन गर्‍याे । कहिले ? ओलीजीको पालमा । किन गर्‍या रे ? खासाकखुसुक गरेर पो हो कि । कुरा मिलाएर पो हो कि ।’

सांसद बिडारीले ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीहरूकाे पक्षमा काम गर्न नसकेको भन्दै निजामती कर्मचारी र भूमिसम्बन्धी कार्यालयमार्फत सुकुम्बासीलाई जग्गा वितरण गर्ने कुरा टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया