झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सरकारले विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज बुधवार बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो ।
निर्णयअनुसार विभागले स्वास्थ्य निर्देशनालय, सबै प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरूलाई खोपको व्यवस्था गर्न भनेको छ । खोप लगाउने विद्यार्थीले अनिवार्य रूपमा प्रवेश पत्र साथमा लैजानुपर्नेछ ।
त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरू विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भइरहेका छन् । परीक्षा केन्द्रबाट सङ्क्रमण फैलने डर रहेको भन्दै परीक्षार्थीहरूले खोपको माग गर्दै त्रिवि घेराउलगायतका विरोधका कार्यक्रमसमेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।