मनसुन थप सक्रिय, अबको एक हप्ता धेरै ठाउँमा ठूलो पानी पर्ने

 साउन २८, २०७८ बिहीबार ७:५८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुन थप सक्रिय हुन थालेसँगै देशका पूर्वी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

गएको २४ घण्टामा सुदूरपश्चिमका धेरै ठाउँमा ठूलो वर्षा भएको छ । बादल बिस्तारै बढिरहेकाले देशका प्रायः सबैजसो क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार अबको एक हप्ता नै देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ । यसले गर्दा बाढी पहरोको जोखिम भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद्ले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रानसहितको बाढीको जोखिम रहेकाले नदीनाला र खहरे खोला आसपासका बासिन्दालाई सावधानी अपनाउन सुझाव दिएका हुन् ।

आउँदो बुधवार–बिहीवारसम्म नै देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । यसकै कारण देशका सबैजसो क्षेत्रमा पानी पर्ने श्रेष्ठको भनाइ छ ।

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । मनसुन भित्रिएको सुरुमा नै बाढी पहिरोको घटना बढेको थियो । सबैभन्दा धेरै बाढी पहिरोले सिन्धुपाल्चोक र मनाङमा नोक्सानी गरेको छ । नेपालमा जेठ २८ गते मनसुन भित्रिएको थियो ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार गएको वैशाखदेखि साउन २५  गतेसम्ममा बाढी पहिरो र डुबानमा परेर ७० जनाको ज्यान गएको छ । पहिरोमा ३५, बाढीमा २९ तथा डुबानमा ८ जनाको ज्यान गएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया