ओली सरकारले ९७ लाख डोज ल्याएर ४२ लाखलाई मात्रै खोप दिएको थियो : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

 साउन २८, २०७८ बिहिबार १४:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपको आयात, भण्डारण र वितरणलाई अभियानका रूपमा सञ्चालन गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा राज्यमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई पाँच करोड ५० लाख डोज खोप चाहिने भएकाले सरकारले नागरिकको जीवन रक्षालाई ध्यान दिएर नै प्राथमिकता दिएर काम थालेको जानकारी दिनुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालमा ९७ लाख डोज खोप आएको र ४२ लाख नागरिकलाई लगाइएकोमा अहिले सरकारले थप ७५ लाख डोज खोप लगाएको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । असोज मसान्तसम्म एक करोड आठ लाख डोज खोप प्राप्त हुनेछ । ३३ प्रतिशत नागरिकलाई खोप लगाउने योजना र लक्ष्य रहेको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।

सरकारले खोपलाई अभियानका रूपमा सञ्चालन गरेर हरेक दिन डेढदेखि दुई लाख जनालाई लगाइरहेको उहाँले बताउनुभयो । आर्थिक क्षेत्र चलायमान गराउनुपर्ने भएकाले अबको प्राथमिकता आर्थिक क्षेत्र र मजदुरमा केन्द्रित रहने राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभयो । जनघनत्व र सङ्क्रमण धेरै भएका ठाउँमा खोपको विशेष व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया