माघसम्म पाँच करोड २३ लाख डोज खोप आउने, भण्डारणमा कति छ ?

 साउन २८, २०७८ बिहीबार १४:३७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो माघ मसान्तसम्म पाँच करोड २३ लाख डोज खोप नेपाल आइपुग्ने बताउनुभएको छ । 

बिहीवार प्रतिनिधि सभामा सम्बाेधन गर्नु हुँदै राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म एक करोड आठ लाख ६० हजार डोज आइसेकेको, तीन करोड ३६ लाख ७१ हजार नौ सय ५० डोज खोप नेपाल आउने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड दुई लाख डोज खोप आउने जानकारी दिनुभयो । 

यस्तै माघ महिनासम्ममा तीन करोड २३ लाख डोज थपसहित कुल पाँच करोड २३ लाख डोज खोप आउने राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै अहिलेसम्म ४५ लाख ७० हजार जना अर्थात् कुल जनसङ्ख्याको १५ दशमलव ५ प्रतिशतले पहिलो मात्रा र २८ लाख ८८ हजार तीन सय अर्थात् कुल जनसङ्ख्याको ९ दशमलव ५१ प्रतिशतले पूर्ण वा दोस्रो डोज खोप लगाएका छन् । 

अहिले जिल्ला र प्रदेशमा भेरोसेल नौ लाख मात्रा, एस्ट्राजेनेका ११ लाख ५० हजार र जोनसन एन्ड जोनसन २१ हजार मात्रा गरी २० लाख ७१ हजार मात्रा खोप भण्डारणमा रहेको छ । यस्तै केन्द्रमा एक लाख ७३ हजार डोज खोप भण्डारणमा रहेको छ । कुल २२ लाख ४४ हजार मात्रा खोप भण्डारणमा रहेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया