झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डौ – पत्रकार मनोज विष्टको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि काठमाण्डौको मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको उपचारकै क्रममा २०७८ साउन २३ गते निधन भएको थियो ।
महासङ्घका महासचिव रोशन पुरीले जारी गर्नुभएको शोक विज्ञप्तिमा उज्यालो रेडियो नेटवर्कसहित विभिन्न सञ्चारमाध्यममा लामो समय क्रियाशील विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको उल्लेख गरिएको छ ।
महासङ्घले स्वर्गीय पत्रकार विष्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।
कोरोनाकै कारण अहिलेसम्म २१ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको भन्दै महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेसागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।