नमुना परीक्षण गरिएका मध्ये २१ प्रतिशतमा काेराेना पुष्टि, २ हजार २ सय ९४ जना निकाे

 साउन २८, २०७८ बिहीबार १७:४४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार आठ सय ६ जनाको पीसीआर र चार हजार ६ सय ५६ जनाको एन्टिजेन गरी १५ हजार चार सय ६२ नमुना परीक्षण गर्दा तीन हजार दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९८ हजार ६ सय ५१ पुगेको छ ।

यस्तै थप दुई हजार दुई सय ९४ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७७ हजार तीन सय ७७ जना पुगेको छ ।

यस्तै यही अवधिमा थप ३२ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय १२ जना पुगेको छ ।

अहिले नेपालमा ३८ हजार एक सय ८० जना सङ्क्रमित रहेकोमा सात सय ३७ जनाको आईसीयू र एक सय ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया