झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यका भित्रका वाग्मती र यसका सहायक नदी किनारामा बेवारिसे अवस्थामा राखिएका पुराना गाडी तथा निर्माण सामग्री तत्काल नहटाए लिलामी हुने भएको छ ।
सहरी विकास मन्त्रालय अन्तरगतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर अबको १५ दिन भित्र नदी किनारामा राखिएका पुराना गाडी र निर्माण सामग्री हटाउन भनेको हो ।
यसअघि गएको वर्ष पनि यस्तो आग्रह गरे पनि अटेर गरेको पाइएको भन्दै समितिले अबको १५ दिनभित्र नदी किनाराको मापदण्डभित्र अनधिकृत रुपमा राखिएका पुराना गाडी र निर्माण सामग्री नहटाए लिलामी गर्ने जनाएको छ ।
नदीको दायाँ बायाँ किनारामा सौन्दर्यीकरण र अन्य निर्माणका काममा बाधा पुगेकाले तत्काल यस्ता सामग्री हटाउन समितिले आग्रह गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।