झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
रसुवा - रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुमा पहिरोका कारण चार घर भत्किएका छन् । पहिरो आएपछि भाग्ने क्रममा दुई जना घाइते भएका छन् ।
३२ वर्षका सोनाम दोर्जे तामाङ र २२ वर्षका सुप्पा दोर्जे तामाङ घाइते भएका प्रहरीले जनाएको छ । पहिरोले कामी पासाङ तामाङ, राजु लामा, कर्पु लामा र सन्तोष लामाको एक तले पक्की घर भत्किएको हो । यस्तै, पहिरोले सात घरमा सामान्य क्षति गरेको छ ।
जोखिम बढेसँगै त्यहाँका स्थानीय बासिन्दालाई गाउँपालिकाको पुरानो भवनमा सारिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । उहाँका अनुसार केही परिवार भने हिजो राति नै सरिसकेका थिए ।
स्थानीय बासिन्दाले २२ घरधुरी पहिरोको जोखिममा परेको भन्दै यसअघि नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।