झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे सांसद मातृकाप्रसाद यादवका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ ।
सभामुख सापकाेटाले भन्नुभयो, ‘हिजो विशेष समयमा मान्य श्री मातृकाप्रसाद यादवले बोल्ने क्रममा प्रयोग गर्नुभएको मेन्टली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्दहरू प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने देखिएकाले ती शब्द सचिवालयको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’
प्रतिनिधि सभाको आजको बैठक सुरु हुनेबित्तिकै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजो बिहीवारको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।
हिजोको बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक रूपमा अस्वस्थ रहेको टिप्पणी गर्नुभएको थियो । आजकाे बैठक सुरु हुनासाथ यादवको अभिव्यक्ति हटाउन माग गर्दै एमालेले आपत्ति जनाएपछि सभामुख सापकोटाले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावली विपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।