दक्षिण कोरिया जानेहरुको लागि कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइँदै

 साउन २९, २०७८ शुक्रबार १४:४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारी तथा अन्य काममा दक्षिण कोरिया जानेहरुको लागि कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप दिन थालिएको छ ।

काठमाण्डौको महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल छाउनीमा कोरिया जानेहरुलाई खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा अनिवार्य मास्क र भौतिक दुरी कायम गर्न भनिएको छ । यस्तै कोरियन भाषा परीक्षा उत्तिर्ण गरेको प्रमाण तथा कोरिया जान लागेको भनेर जनाउने कुनै पनि कागजात साथमा लिनुपर्ने हुन्छ ।

दक्षिण कोरियाले भने कोरोनाको जोखिममा रहेका नेपाल लगायत केही देशका नागरिकलाई कोरिया प्रवेशमा रोक लगाएको छ । त्यही भएर लामो समयदेखि परीक्षा उत्तिर्ण गरेका दश हजार बढी श्रमिक नेपालमै अड्केर बसेका छन् । उनीहरुले आफूहरुलाई कोरिया पठाउन सरकारसँग माग गर्दै पटक पटक आन्दोलन पनि गर्दै आएका छन् ।

साउन १७ गतेको संसदीय समितिले पनि ईपीएस परीक्षा उत्तिर्ण गरेर अलपत्र परेका श्रमिकलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको थियो । 

तर दक्षिण कोरियाले ईपीएस परीक्षा उत्तिर्ण गरेका नेपाली कामदार लिनको लागि भने केही मापदण्ड राखेर आउन दिने भनेको छ । नेपालदेखि कोरिया सिधै उडान, कोरोना बिमा गरेको हुनुपर्ने र १४ दिन कोरियामा क्वरेण्टीन बस्ने गरि व्यवस्था गर्नुपर्ने लगायत कोरिया सरकारले मापदण्ड तोकेको छ ।
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया