झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता–कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपामा रहेकाे कांग्रेस केन्द्रीय कार्यालय गएकाे एक महिनायता आफ्नै पार्टीका नेता–कार्यकर्ताको घेराबन्दीमा परेको हो ।
३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्न भनिएकाे आफूहरूको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनुपरेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताउनुभयो । उहाँले आफूहरूलाई न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनीसमेत दिनुभयो ।
त्यस्तै ३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता–कार्यकर्ताले पार्टीको विधि र विधान विपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरू पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनुपरेको बताएका छन् । जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीष प्रसाद साहले विधि र विधान विपरीत गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरूले धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताउनुभएकाे छ ।
कैलाली क्षेत्र नम्बर १ का कांग्रेस नेता–कार्यकर्ताले पार्टी केन्द्रले आफूहरूको माग सम्बोधन नगरेसम्म धर्नासहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले क्रियाशील सदस्यता वितरणमा आफूहरूमाथि गरिएको अन्यायको तत्काल सम्बोधन नभइ धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले पार्टीको जारी केन्द्रीय कार्य समितिले आफूहरूको मागलाई सम्बोधन गर्ने आशा रहेकाे पनि बताउनुभयाे ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशनसमेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आउँदाे भदौ १६–१९ काठमाण्डाैमा हुने १४ औँ महाधिवेशन पछि सार्नुपर्ने अवस्थामा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।