'कोभ्याक्स' मार्फत नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने

 साउन २९, २०७८ शुक्रबार १६:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालले कोभ्याक्समार्फत मोडर्नाको ४० लाख काेराेनाविरुद्धकाे खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ ।

नेपालका लागि सुरक्षित र प्रभावकारी खोप ल्याउनका लागि सम्झौता तय गर्न सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभएको छ । खोप सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएकाे छ ।

यसले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहलाई खोप दिने नेपालको लक्ष्य हासिल गर्नमा सघाउने राज्यमन्त्री श्रेष्ठको भनाइ छ । नेपालको आपत्कालीन स्वास्थ्य क्षेत्रको माग पूरा गर्न खोपले सहयोग पुर्‍याउने माल्दिभ्स, नेपाल तथा  श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले विश्वास व्यक्त गर्नुभएको छ ।

महामारीविरुद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराइसकेको छ । जसअन्तर्गत कोरोनाविरुद्धको खोपको खरिद र विस्तारका लागि ६७ दशमलव ५ मिलियन डलर विनियोजन गरिएको छ ।

विश्व बैंकले खोप खरिद तथा वितरणका लागि ५० भन्दा बढी कम तथा मध्यम आय भएका देशलाई सघाइरहेको छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया