सरकारले एक महिनामा २५ जना मन्त्री छान्न सकेन : दलबहादुर राना

 साउन २९, २०७८ शुक्रबार १८:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज शुक्रवारकाे प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद दलबहादुर रानाले सरकारले एक महिनामा २५ जना मन्त्री छान्न पनि नसकेको टिप्पणी गर्नुभएकाे छ । वर्तमान सरकारले सुकुम्बासीलाई लालपुर्जा दिने मनसाय नराखेको पनि उहाँले बताउनुभयो । 

सांसद रानाले भन्नुभयो, ‘एक महिनामा २५ जना मन्त्री छान्न नसक्ने सरकारले विना कारण, विना तयारी दुई सय ३६ जनालाई हटाएर तत्काल मनोनित गर्न सक्ने कुनै सम्भावना छैन । लालपुर्जा वितरणमा ढिलाइ गर्ने मात्र मनसाय देखिन्छ । २०७१ सालमा बनेको आयोगलाई विघटन गराउन सर्वोच्चमा मुद्दा दिन लगाउनेहरू नै अहिले सरकारमा रहेकोले नागरिकलाई जग्गा नदिने, जग्गा दिने आशय देखाएर भोट मात्रै लिने सरकारको नियत देखिन्छ ।’

यस्तै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला तुइन प्रकरणको यथार्थ शीघ्र सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले दार्चुला–तिङ्कर सडकलाई यथाशीघ्र सम्पन्न गर्नका लागि राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्त्वका साथ महाकाली करिडोरबाट छुट्याएर दार्चुला–तिङ्कर खण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजनाका कार्यान्वयन गर्नका लागि सरकारसँग माग गर्नुभयो । 

शून्य समयमा बोल्दै अन्य सांसदहरूले आ–आफ्नो क्षेत्रको विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै छिट्टै सम्पन्न गराउनका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।    

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया