आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाइ सर्‍याे

 साउन २९, २०७८ शुक्रबार १८:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज शुक्रवार सुनुवाइका लागि पेसी तोकिएको भए पनि न्यायाधीश रेग्मीले त्यस मुद्दाकाे सुनुवाइ गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गर्नुभएको रहेछ, त्यसले गर्दा त्यस मुद्दाको सुनुवाइमा हेर्न मिलेन । 

रौतहट जिल्ला अदालतको थुनामा रहेका आलमकाे ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । त्यस निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै त्याे मुद्दा सर्वोच्चमा आएको हो ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया