आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - विद्रोही समूह तालिबानले अफगानिस्तानको आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा गरेको छ । आधा भन्दा धेरै भूभाग कब्जा गर्दै तालिबान अहिले काबुलबाट ११ किलोमिटर नजिक पुगेको छ । प्रान्तीय राजधानी कब्जा गरेका ठाउँमा सेना र लडाकुबीच गोलाबारी चलिरहेको छ ।
अमेरिका र बेलायतको सेना फिर्ता भएपछि अस्ट्रेलियाबाट सेनाको केही सङ्ख्या काबुल पुगेको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सेना आफ्नो देशको नागरिक र दूतावासको कर्मचारीलाई फिर्ता लैजानका लागि मात्र काबुल गएको खबरमा उल्लेख गरिएको छ ।
आधाभन्दा धेरै भूभाग कब्जा गर्दै तालिबान लडाकु काबुल नजिकै आइसकेकाले काबुलमा त्रास बढेको छ । काबुलमा डर र निराशा छाएको छ । विदेशी नागरिक, दूतावास कर्मचारी र अफगानी नागरिक कुनै न कुनै तरिकाले बाहिर निस्कने प्रयास गरिरहेका छन् । हजारौँ हजारको सङ्ख्या काबुलको सडक किनारामा अस्थायी क्याम्प बनाएर बसिरहेका छन् ।
काबुल कब्जा भएमा अफगानस्तानकाे सरकार र सेनाका लागि ठूलो झड्का हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।