झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - आज देशका केही नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत मझौला नदीहरुमा आज पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले सूचनामार्फत् जनाएको हो ।
तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । यस्तै आज प्रदेश एकको इलाम, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, प्रदेश-२ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, वाग्मती प्रदेशको सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ उपत्यका, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपुरलगायतका ठाउँ भएर बग्ने नदी तथा खोलामा बाढी आउने सम्भावना छ ।
यस्तै लुम्बिनी प्रदेशको नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, प्युठान, रुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोटलगायतका जिल्ला भएर बग्ने नदी तथा खोलाहरुमा पनि बाढी आउने सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।