काभ्रेमा प्रशासन र मालपोतको सेवा आजदेखि वार अनुसार हुने

 साउन ३१, २०७८ आइतबार ९:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेमा प्रशासन र मालपोतले आजदेखि वार अनुसार सेवा दिने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले पालिका तोकेर आजदेखि वारअनुसारको सेवा दिने निर्णय गरेका हुन् । सेवाग्राहीको भीडभाड हुने भएकाले स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ वार अनुसार सेवा तोकिएको प्रशासनले जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल र पनौती नगरपालिकामा आइतवार, मङ्गलवार र बिहीवार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा सोमवार, बुधवार र शुक्रवार सेवा प्रवाह हुनेछ । यस्तै जिल्ला मालपोत कार्यालय धुलिखेलले पनि आजदेखि वारअनुसार नै सेवा प्रवाह गर्ने जनाएको छ ।

कार्यालयले अर्को सूचना नआएसम्मका लागि बनेपा र नमोबुद्ध नगरलाई आइतवार र बुधवार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमवार र बिहीवार तथा पाँचखाल र पनौती नगरलाई मङ्गलवार र शुक्रवार सेवा उपलब्ध गराउने जनाएको हो ।

गाउँपालिकामा हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया