केन्द्रीय कमिटी बैठक सकेसम्म आजै सक्ने माओवादी स्थायी समितिको निर्णय

 साउन ३१, २०७८ आइतबार १२:१८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सकेसम्म आज नै केन्द्रीय कमिटीको बैठक सक्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।

बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी समिति बैठकले व्याख्या र निश्कर्ष निकाल्ने उहाँले बताउनुभयो ।

स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको छ । आजको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल चलिरहेको छ ।

समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया