झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आठ वटा समूहका टोली नेताले आ–आफ्नो समूहगत रिपोर्ट पेस गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन आठ वटा समूह बनाएर हिजो शनिवारदेखि छलफल गरिएको थियो ।
समूहमा पार्टीको अन्तरिम विधान र संशोधन प्रस्तावमाथि पनि छलफल भएको छ । सात वटा प्रदेशका टोली नेता र एउटा सङ्गठन विशेष गरी आठ वटा समूहका नेताहरूले समूहगत रिपोर्ट पेस गरिसकेका छन् । अब स्थायी कमिटीको बैठक बस्ने र समूहगत रिपोर्टको जवाफका विषयमा छलफल भएपछि केही बेरमा फेरि केन्द्रीय कमिटीकाे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डले सुझाव र जिज्ञासाको जवाफ दिएपछि सम्भवतः बैठक आजै सकिने पनि श्रेष्ठले जानकारी दिनुभयो ।
प्रचण्डको प्रतिवेदनमा आउँदो चुनावसम्म वाम–लोकतान्त्रिक एकता जोगाइराख्ने, गाउँ–गाउँसम्म पार्टीका कमिटी निर्माण गर्ने, आउँदो पुसमा राष्ट्रिय सम्मेलन गर्ने, पार्टीमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने, युवालाई विशेष जोड दिने, सीमा क्षेत्रका समस्या कुटनीतिक वार्तामार्फत समाधान गर्ने लगायतका विषय समेटिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।