झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरूले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखक र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले विद्राेही समूह तालिबानले अफगानिस्तानमा तनावग्रस्त बनाइरहेका बेला नेपाली नागरिकहरूको उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन गम्भीर भइदिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
आइतवार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली नागरिकहरूलाई सुरक्षित ढङ्गले स्वदेश फिर्ता गराउन जिम्मेवार भइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले अफगानिस्तानमा ठूलो सङ्ख्यामा नेपालीहरू रहेको उल्लेख गर्दै उनीहरूको जीवन सुरक्षा गर्न सरकारलाई संवेदनशील भइदिन पनि पटक–पटक आग्रह गर्नुभयो ।
नेता लेखकले भन्नुभयो, ‘अफगानिस्तानमा रहेका सबै विदेशी नागरिकहरू चिन्तामा परेका छन् र ठूलो सङ्ख्यामा त्यहाँ नेपालीहरू रहेका छन् । ती नागरिकहरूको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितता गर्न सरकार गम्भीरतापूर्वक लाग्नु पर्दछ । त्यसका लागि मैले प्रधानमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराउनेछु ।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले अफगानिस्तानबाट ढिला नगरि नेपाली नागरिकको स्वदेश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गर्नुभयो । उहाँले द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो । परराष्ट्रविद्समेत रहनुभएका डा. भट्टराईले अफगानिस्तानमा हिंसा अन्त्य र छिटो शान्ति पुनर्बहालीकाे मागसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जीवन जोखिममा रहेका नेपाली नागरिकहरूको ढिला नगरि उद्धार गर्नुपर्ने हुन्छ । अरू देशले उद्धार गरिरहेका छन् । नेपाली नागरिकहरूले अर्को एजेन्सीसँग काम गरिरहेका हुनाले नयाँ आइरहेको शक्तिहरूले उनीहरुलाई झनै मन नपराउने अवस्था छ । यस्तो अवस्थामा सरकारले नेपाली नागरिकहरूको उद्धारमा ढिलाइ गर्न हुन्न ।’
परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अन्य देशका नागरिकलाई फिर्ता बोलाउने काम भइरहँदा पनि नेपाल सरकार त्यसमा संवेदनशील हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
परराष्ट्रविद् पाण्डेले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य भएको नाताले नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा भएको हिंसा अन्त्यका लागि पहल गर्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिनुभयो । उहाँले सार्कले पनि सदस्य राष्ट्रहरूको शान्ति बहालीका लागि काम गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।