रक्तपात राेक्न देश छोडेँ : घानी

 साउन ३२, २०७८ सोमबार ८:१९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् ।

तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति  घानीले  भन्नुभएको छ – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’ 

उहाँले आफ्नो फेसबुक पेजमा देश छोड्नु परेको कारण लेख्दै यो निर्णय गर्न आफूलाई निकै कठिन भएको समेत बताउनु भएको छ ।  तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले देशवासी, उनीहरुको सम्मान, सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको पनि बताउनु भएको छ । 

यस्तै, उहाँले तालिबानले अब नयाँ ऐतिहासिक परीक्षाको सामना गर्ने पनि उल्लेख गर्नु भएको छ । उहाँले लेख्नु भएको – ‘तालिबानले देश र देशवासीको नाम र सम्मानको रक्षा गर्ने छन् कि अरु क्षेत्र वा नेटवर्कलाई प्राथमिकता दिने छन् ।’

धेरैमा तालिबानलाई लिएर विश्वास नरहेको अवस्थामा सबै पक्ष, सहयोग, क्षेत्र र विशेष गरि महिलाहरुको विश्वास प्राप्त गर्नु तालिबानको चुनौती रहेको पनि घानीले बताउनु भएको छ । 

तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले हिजाे अफगानिस्तान छाड्नु भएकाे हाे । घानी अफगानिस्तानबाट ताजकिस्तान वा उज्वेकिस्तान गएकाे  अनुमान छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया