अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने सरकारको निर्णय

 साउन ३२, २०७८ सोमबार १२:४२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको छ ।

बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।  

त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई  समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय भएको उहाँले बताउनुभयो । यस्तै, बेलायतमा आमरण अनशनमा रहेका भूपू ब्रिटिस गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न कूटनीतिक माध्यमबाट पहल गर्न सरकार प्रतिबद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।

आमरण अनशनमा बसेकालाई सरकारले अनशन फिर्ता लिन आह्वान समेत गरेको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया