तालिबानको आदेश–नागरिकलाई दु:ख नदेउ, उनीहरुको रक्षा गर

 साउन ३२, २०७८ सोमबार १२:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्रोही समूह तालिबानका प्रवक्ताले आफ्ना लडाकुलाई नागरिकको रक्षा गर्न निर्देशन दिएका छन् ।

अफगानिस्तानका नागरिकको अवस्था अब के होला भन्ने चासोकाबीच तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुलाई नागरिकलाई दु;ख नदिन र उनीहरुको रक्षा  गर्न आदेश दिएका हुन् । उनले अनुमति नलिइ नागरिकको घरमा प्रवेश नगर्न पनि भनेका छन् । यस्तै उनले नागरिकको सम्पत्ति र सामानमा नोक्सानी नगर्न पनि भनेका छन् ।

अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । यसअघि तालिबानले आफूले महिलाको अधिकार कुण्ठित नगर्ने र उनीहरुको सम्मान गर्ने पनि बताएको थियो ।

तर, यसबीचमा महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको तथा कुटपिट गरेको खबर भने आइरहेका बीबीसीले जनाएको छ । यसैबीच, अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि समन्वयात्मक परिषद् गठन गरिएको जानकारी दिनु भएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया