झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारेमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आज साेमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरूको बारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको सुरुमै समय लिएर नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले यस्तो निर्देशन दिनुभएकाे हाे ।
सभामुख सापकोटाले भन्नुभयो, ‘माननीयज्यूले उठाउनुभएको विषयवस्तुप्रति संसद्को गम्भीर ध्यानाकर्षण भएको छ, सरकारलाई जतिसक्दो छिटो यस विषयमा संसद्लाई जानकारी दिन निर्देशन गर्दछु ।’
तालिबान विद्राेही समूहले अफगानिस्तान कब्जामा लिएपछि अहिले त्यहाँकाे अवस्थालाई लिएर विश्वभरबाट नै चिन्ता व्यक्त भइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।