झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – सरकारले प्रदेश २ का प्रमुख राजेश अहिराजलाई हटाएको छ । आज साेमवार बिहानको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अहिराजलाई हटाएर महोत्तरीका हरिशङ्कर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
अब मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुहुनेछ । सरकारले प्रदेश प्रमुखका लागि नियुक्त गरेकाे हरिशङ्कर मिश्र नेपाली कांग्रेसका पूर्वनेता हुनुहुन्छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई हटाएर राजेश अहिराजलाई प्रदेश प्रमुखको रूपमा नियुक्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।