आज रातिदेखि संसद् अधिवेशन अन्त्य

 साउन ३२, २०७८ सोमबार १५:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज साेमवार रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको थियो ।

सरकारको सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले सदन अधिवेशन अन्त्यको जानकारी दुवै सदनमा पठाइसकेको छ । राष्ट्रपति कार्यालयबाट सङ्घीय संसद्लाई पठाइएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउनुभएको छ ।

सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा पठाउनुभएको पत्र वाचन गर्दै भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७८/४/३२ को सिफारिसमा सङ्घीय संसद् दुवै सदनको चालु अधिवेशन २०७८ साल साउन ३२ गते सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि साउनको ३ गते अधिवेशन सुरु भएको थियो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया