थप ३ हजार ४ सय ५१ जनामा काेराेना पुष्टि, ३५ सङ्क्रमितकाे ज्यान गयाे

 साउन ३२, २०७८ सोमबार १६:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९३ जनाको पीसीआर र पाँच हजार पाँच सय १८ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १० हजार आठ सय ५३ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार चार सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८५ हजार एक सय ४० पुगेको छ । 

यही अवधिमा कोरोना सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय २७ जना पुगेको छ ।

यस्तै अहिले नेपालमा ३९ हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९५ जनाको आईसीयू र एक सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: कात्तिक २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया