झापामा चार राउण्ड गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारी ...
माघ २३, २०८१ बुधबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकारले बेलायतमा अनशनरत भूतपूर्व गोरखा सैनिकहरूलाई हतोत्साही गर्ने गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उपाध्यक्ष रावलले सरकारले भूतपूर्व गोरखा सैनिकहरूको माग पूरा गराउनका लागि कुटनीतिक पहल गर्दै उनीहरूको जीवन रक्षा गर्न सरकारले पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरू आमरण अनशन बस्नुपर्ने होइन भनेर लेखिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले भूतपूर्व गोरखाहरूको हक–हितका निम्ति सरकार अग्रसर हुनुपर्नेमा उल्टै हतोत्साहित गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले विदेशमा रहेका नागरिकहरूको हक हितको सम्बन्धमा तत्काल आवाज उठाउनुपर्नेमा भर्खरै मात्र परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराइएको एउटा पत्रमा उल्टै भूतपूर्व गोर्खाहरूले यसरी आमरण अनशन गर्न सुहाउने कुरा होइन भनेर पत्र पठाएको देख्दा स्वयम् अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा काम गर्ने हामी त्यसका सदस्यहरू लज्जित भएका छौँ । आफ्ना देशका नागरिकहरूका बारेमा जोडदार रूपमा आवाज उठाउने र उनीहरुको हक, हितका लागि सरकार अग्रसर हुनुपर्नेमा त्यतातर्फ ध्यान नदिएर उल्टै आफ्नो न्यायोचित माग उठाउने भूतपूर्व गोरखाहरूलाई हतोत्साहित गर्ने प्रकारका गतिविधि गरिनु अत्यन्त खेदजनक कुरा हो ।’
उपाध्यक्ष रावलले भूतपूर्व गोरखाहरू १० दिनदेखि आमरण अनशन बसिरहेकाले स्वास्थ्य स्थिति बिग्रिएको भन्दै तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरेर बेलायत सरकारसँग वार्ता गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।