टेलिकमका कर्मचारीको चेतावनी : व्यवस्थापनविरुद्ध आन्दोलनमा जान्छौँ

 साउन ३२, २०७८ सोमबार १९:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आफ्ना माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । 

आफ्ना सेवा, सुविधा कटौती हुने गरी गएकाे साउन १ गतेदेखि जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै आएका टेलिकमका कर्मचारीले अब पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । 

कम्पनी सञ्चालक समिति र व्यवस्थापनले आफू अनुकूल तर चार हजारभन्दा बढी कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रीय कार्यालय परिसरमा जारी अनशनलाई निरन्तरता दिन बाध्य हुनुपरेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष यादवप्रसाद पनेरीले जानकारी दिनुभयो । उहाँले आफ्ना माग सम्बोधन नभए नेपाल टेलिकमको सञ्चालक समिति र व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

टेलिकम सञ्चालक समितिले आफ्ना अधिकार कटौती गरी जारी गरेको विनियमावलीविरुद्ध त्यहाँका कर्मचारीले गएकाे साउन ५ गतेदेखि केन्द्रीय कार्यालयमा धर्नासहितका विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । उनीहरूले टेलिकमको सेवामा गुणस्तर वृद्धि, सुशासन र लगानीअनुसारको प्रतिफल निकाल्न पनि व्यवस्थापनलाई जिम्मेवार बन्न दबाब दिँदै आएका छन् ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया