इन्डोनेसियाको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा झण्डाेत्ताेलन

 भदौ १, २०७८ मंगलबार १२:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गणतन्त्र इन्डोनेसियाको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानीपोखरीमा झण्डाेत्ताेलन गरिएकाे  छ ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डाेत्ताेलन गर्नुभएको हाे । कार्यक्रममा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।

वाणिज्य दूत ढकालले नेपाल र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आउँदाे दिनमा यसलाई जनस्तरसम्म पुर्याउने विश्वास व्यक्त गर्नुभयाे। उहाँले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकाे बताउनु भएकाे छ । यो सम्बन्धलाई  आउँदाे दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने उहाँले बताउनु भयाे। 

नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । 

इन्डोनेसिया आशियान राष्ट्रहरु मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसिया बीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटन लगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।

झण्डाेत्ताेलन कार्यक्रममा वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया