२० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने तयारी

 भदौ १, २०७८ मंगलबार १४:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो ।

विशेषगरी नेकपा एमालेलाई फुटाउन माधवकुमार नेपाल पक्षलाई सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो ।

यसअघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख भएकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गर्ने सरकारको तयारी रहेको छ । 

यसैबीच नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरेको छ । 

आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याउन लागेको भन्दै त्यसमा गम्भीर आपत्ति रहेको र अध्यादेश ल्याएमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो । 

दल फुटाउने अध्यादेश ल्याउने तयारी गर्नु लोकतान्त्रिक विधि विपरीतको काम भएको एमालेको ठहर छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया