अफगानिस्तानमा अलपत्र नेपालीद्वारा सरकारसँग छिटो उद्धार गर्न आग्रह

 भदौ ७, २०७८ सोमबार ८:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानमा अलपत्र नेपालीहरुले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । दूतावास र ठूला कम्पनीमा काम गर्नेहरुलाई सम्बन्धित देश र कम्पनीले उद्धार गरिरहे पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपालीको भने उद्धार हुन सकेको छैन ।

उद्धारका लागि सरकारले भनेअनुसार विवरण टिपाए पनि आफूहरु अझै अलपत्र परेको उनीहरुको गुनासो छ । आफूहरु छिटै नेपाल फर्कन चाहेको सुर्खेतका पदम रोकाले बताउनुभयो । उद्धारको पर्खाइमा रहेका नेपालीहरु होटलहरुमा कैदी जस्तै भएर बस्नुपरेको उहाँको भनाइ छ ।  

अफगानिस्तानबाट अहिलेसम्म ५ सय ४ जना नेपाली स्वदेश फर्किएका सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो बेलुकीसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको वेब पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । 

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरेर आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भइ सुरक्षित ठाउँमा पुगेकाको विवरण रुजु गरि उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ ।

उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरि उद्धारका लागि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया