ऐसेलुखर्क बजारमा कुकुरको बिगबिगी

 भदौ ९, २०७८ बुधबार १९:२८:२० | दमन राई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा कुकुरको बिगबिगी​ बढेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा पर्ने ऐसेलुखर्क बजार तथा प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा कुकुरका कारण बिरामी, विद्यार्थी, वृद्धवृद्धा र रातको समयमा हिँड्ने बिरामी, बिरामीका कुरुवा र स्वास्थ्यकर्मी समेत त्रसित बनेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र आसपासमा कुकुरको आक्रमणका कारण कतिपय स्थानीयवासी घाइते भएकाे गाउँपालिकाले जनाएको छ । 

रातकाे समयमा बजार क्षेत्रमा जम्मा हुने कुकुरले झम्टने गरेको छ । जथाभाबी छाडिएका कुकुरका कारण बजार तथा प्राथमिक स्वास्थ्य केन्द्रमा आउजाउ गर्न कठिन भएपछि गाउँपालिकाले बुधवार सूचना जारी गर्दै जथाभाबी कुकुर नछाड्न आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जारी गरेको सूचनामा कुकुर धनीलाई आ–आफ्नो कुकुर नियन्त्रणमा लिएर बाँधेर घरमा राख्न अनुरोध गरिएको छ । गाउँपालिकाको सूचना उल्लंघन गर्ने कुकुर धनीलाई कुकुरका कारण भएको क्षति बेहोर्न लगाउने भनिएको छ । 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारमा समेत कुकुरको बिगबिगी छ । रातकाे समयमा दिक्तेल बजारमा जम्मा भएका कुकुरले आक्रमण गर्ने त्रासमा यात्रा गर्नुपर्ने बाध्यता समेत छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया