चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – ओमानमा सेप्टेम्बरदेखि भिसा नवीकरण गर्नको लागि कोरोना विरुद्धको खोपको एक मात्रा लगाएको हुनुपर्नेछ । यस्तै अक्टोबरदेखि भिसा नवीकरणको लागि खोपको दुवै मात्रा लगाएको हुनुपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार ओमानमा कोरोना भाइरसको अनुगमन गरिरहेको सर्वोच्च कमिटीको बैठकले भिसा, खोप लगायतका विषयमा नयाँ निर्णय गरेको हो ।
यस्तै २०२१ को जनवरी देखि जारी गरिएका भिसाको म्याद पनि डिसेम्बरसम्मको लागि निःशुल्क थप्न सकिने छ । ओमानमा रहेको नेपाली दूतावासका अनुसार नेपालमा रहेकाहरुले आरओपीको वेबसाइटबाट नवीकरण गर्न सक्नेछन् । ओमान बाहिर बसेको ६ महिना भन्दा बढी अवधि भएको छ भने रोजगारदातामार्फत आरओपी कार्यालयमा सम्पर्क गर्नुपर्ने दूतावासको सूचनामा उल्लेख छ ।
यस्तै सेप्टेम्बरदेखि ओमान प्रवेश गर्ने यात्रुहरुले त्यहाँको सरकारले मान्यता दिएका खोपको पूर्ण मात्रा जोनसन एण्ड जोनसन बाहेक लगाएको हुनुपर्नेछ । अन्तिम खोप यात्रा गर्नुभन्दा कम्तीमा १४ दिन अगाडि लगाएको हुनुपर्ने छ । ओमानले फाइजर/बायोनटेक, अक्स्फोर्ड/अस्ट्राजेनेका, गमालेया स्पुतनिक भी, मोडेर्ना, कोभिसिल्ड(भारतमा बनेकाे), सिनोभ्याक(कोरोनाभ्याक), सिनोफार्म(भेरोसेल) र जोनसन एण्ड जोनसन गरि आठ कम्पनीका खोपलाई मान्यता दिएको छ ।
यस्तै यात्रा गर्नुपूर्व सबै यात्रुले ट्यारासुद प्लस मोबाइल एप डाउनलोड गरि आफ्नो अन्य विवरण लगायत क्यूआर कोडसहितको खोप लगाएके प्रमाण तथा पीसीआर प्रमाण पत्र समेत अपलोड गर्नुपर्ने दूतावासले जनाएको छ ।
यस्तै उडान पूर्व ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट हुनुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ भने पीसीआर नेगेटिभ भएकाहरुले क्वरेण्टीन बस्नुपर्ने छैन । कम्पनीको क्वरेण्टीन सम्बन्धी व्यवस्था नभएकाहरुले एक महिनाको मान्यता भएको अन्तर्राष्ट्रिय कोरोना यात्रा बिमा गरेको हुनपर्नेछ । ओमानमा रहेका नेपालीलाई यी विषयमा केही बुझ्नुपरेमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ र २४६९६८८३ र हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।