‘एकीकृत समाजवादी अर्काे पार्टीमा विलीन हुन लाग्याे भन्ने प्रचार झुटाे हाे’

 भदौ १३, २०७८ आइतबार १६:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताउनुभएको छ । आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताउनुभएको हो । 

सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरूको पार्टीमा गएर विलीन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उहाँले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरू विद्यमान रहेको भन्दै उहाँले पार्टी एकता नहुने स्पष्ट पार्नुभयो । 

नेता नेपालले भन्नुभयो, ‘अहिले नै हामी अरू कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ । पार्टी एकता हुने छैन । यही सन्देश जाओस् मिडियाको माध्यमबाट । कसै–कसैले के भन्ने गर्‍या छन् भने अरूको टाङमुनि छिर्न गइरहेका छन्, अरूको कार्यकर्ता बन्न गइरहेका छन् । तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलीन हुन गइरहेका छन् । त्यो सबै वाहियात प्रचार हो । कुनै सत्यता छैन त्यसमा । समानान्तर रूपमा सबै कमिटी विद्यमान छन् ।’

अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान, समृद्ध बनाउन र नागरिकलाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरूको ध्यान केन्द्रित हुने बताउनुभयो । उहाँले पार्टीमा युवाहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउन तयार रहेको पनि बताउनुभयो । 

अध्यक्ष नेपालले आफूहरू मार्क्सवादबाट निर्देशित भएर वर्गीय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताउनुभयो । नेता, कार्यकर्ताले दृष्टिकोणमा विचलन आउन नदिन र गैर सर्वहारा प्रवृत्ति हटाउन विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

यस्तै नेता नेपालले छिटाे भन्दा छिटाे मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया