दाङ : डाक्टरलाई कालोमोसो दल्ने व्यक्तिले दिए भोक हड्तालको चेतावनी

 भदौ १५, २०७८ मंगलबार १४:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेकाे आरोप लागेका अनेरास्ववियुका जिल्ला नेता सर्जन परियारले प्रहरी कार्यालयमा उपस्थित भएर भोक हड्ताल गर्ने चेतावनी दिनुभएको छ ।  

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले स्वयम् उपस्थित भएर न्यायको पक्षमा र झुटा मुद्दाको विरुद्धमा प्रहरीको हिरासतभित्रै भोकै हड्ताल बस्ने चेतावनी दिनुभएको हो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई गएको शुक्रवार कालोमोसो दलेर दुर्व्यवहार गरेको आरोप लागेपछि उहाँ फरार हुनुभएको थियो ।

परियारलाई प्रहरीले त्यस घटनाकाे मुख्य अभियुक्त मानेको छ ।  

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया