अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिर यो वर्षकै उत्कृष्ट

 भदौ १६, २०७८ बुधबार ९:७:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट बर्ड फोटोग्राफर बन्नुभएकाे छ । प्रिइटोले खिचेको अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिरले उहाँलाई यो वर्षको ‘बर्ड फोटोग्राफर अफ द इयर’को विजेता बनाएको हो । 

तस्बिरमा देखिएको चरा दगुर्दै सडक पारिपट्टि जान खोज्छ तर सीमामा लगाएका अग्ला पर्खाल र काँडेतारका कारण जान सक्दैन र टुलुटुलु पर्खाल हेरेर उभिरहन्छ । फोटोग्राफर प्रिइटोले सीमामा खडा गरिएका पर्खालले जैविक विविधतामा खतरा पुगेको कुरा तस्बिरले देखाएको बताउनुभएकाे छ ।

‘सीमा पर्खालले पूरै मरुभूमि र पहाडलाई नाघेको छ र १५ सय बढी जनावर र बिरुवाको जैविक विविधतामा बाधक बनेको छ’, प्रिइटो भन्नुहुन्छ, ‘मैले धेरै जनावर तथा चराहरु पर्खालसम्म पुगेको र पारिपट्टि जान नसकेर फर्केको देखेको छु ।’

प्रतियोगितामा सहभागी २२ हजार तस्बिरमध्ये प्रिइटोको तस्बिर वर्ष २०२१ काे उत्कृष्ट भएको बीबीसीले जनाएको छ । पुरस्कारको राशि पाँच हजार पाउण्ड स्टर्लिङ रहेको छ । फोटोग्राफर अल्ज्यान्द्रो प्रिइटो सीमा क्षेत्रमा वन्यजन्तुबारे डकुमेन्ट्री गर्दै आउनुभएको छ ।

सीमानाकाका पर्खालले जनावर तथा धेरै उड्न नसक्ने चराहरुलाई बसाइँसराइ गर्नमा समस्या देखिने गरेको छ । यसले गर्दा प्रजनन तथा आनुवंशिक निरन्तरतामा बाधा पुग्ने बताइएको छ । यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा बहस पनि हुँदै आएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया