भारतको उत्तर प्रदेशमा पहिचान नखुलेको ज्वरोका कारण ५० भन्दा धेरैको ज्यान गयो

 भदौ १६, २०७८ बुधबार १४:३८:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारतको उत्तर प्रदेशका केही जिल्लामा एक हप्ताभन्दा बढी समयदेखि फैलिएको पहिचान नखुलेको रोगका कारण ५० जनाभन्दा धेरैकाे ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेका छन् । 

बालबालिकाहरूमा उच्च ज्वरो आउने, पसिनामा भिजेर बिउँझिने, जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ । केहीको भने हातखुट्टामा डाबर पनि आएको बीबीसीले जनाएको छ ।

सयौँ बालबालिका अस्पताल भर्ना भएका र उनीहरूमा कोरोना सङ्क्रमण भने नदेखिएको भारतीय सञ्चारमाध्ययमले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरूले पहिचान नखुलेकाे ज्वरोले बालबालिकाको ज्यान लिइरहेको भन्दै यसले कैयौँ गाउँ आक्रान्त भएको बताएका छन् ।

लक्षण देखिएपछि अस्पताल पुर्‍याइएका बालबालिकाहरूको निकै छिटो ज्यान जाने गरेको फिरोजाबाद जिल्लाका वरिष्ठ डाक्टर नीता कुल श्रेष्ठले बताउनुभयो ।

बीस करोड जनसङ्ख्या भएको राज्यमा कमजोर फोहर व्यवस्थापन, धेरै बालबालिकामा कुपोषण र फितलो स्वास्थ्य सेवाका कारण बर्सेनि वर्षायामपछि पहिचान नखुलेको ज्वरोका बिरामीहरूको खबर आउने गरेका बीबीसीले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया